फागुन २०, काठमाडौँ । यही फागुन महिनामा दोस्रो कर्णाली चलचित्र कार्यशाला हुने भएको छ । आउँदो २३ गते (बुधबार)बाट सुर्खेतमा दोस्रो कर्णाली चलचित्र कार्यशाला हुने भएको हो ।
कर्णाली
चलचित्र कार्यशालाका आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अनुसार फागुन २९
गतेसम्म हुने साताव्यापी चलचित्र कार्यशालाको तयारी तीव्र रुपमा भइरहेको छ।
आयोजक
संस्थाले आइबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै ‘कर्णाली विकट भए पनि प्राकृतिक र
भौगोलिक हिसाबले निकै सुन्दर रहेको र स्थानीय चलचित्रकर्मीमार्फत सांस्कृतिक
विविधताले भरिएको कर्णालीको कथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै
लागि कर्णाली चलचित्र कार्यशाला आयोजना गर्न लागेको बताएको छ ।
- न्युज बहार संवाददाता