Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण सुरु।

  •   ३ वर्ष अघि | २६ जेष्ठ २०८०, शुक्रबार

जेठ २६, काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण सुरु भएको छ। काभ्रेको भकुण्डेबेंसीमा महोत्सव आजबाट सुरु भएको हो ।

यस ग्रामीण चलचित्र महोत्सवमा ग्रामीण कथावस्तुमा बनेका १७ फिल्मलाई फेस्टिभलमा प्रदर्शन गरिने आयोजक सेलिब्रिटी नेपाल प्रतिष्ठानले जनाएको छ । यस फेस्टिभलमा सहभागी हुन अधिकांश फिल्मकर्मीहरु अहिले त्यसतर्फ लागेका छन् ।

फेस्टिभलको पूर्वसन्ध्याका अबसरमा काठमाडौंमा प्रि-इभेन्ट आयोजना गरिएको छ, जहाँ जुरीको घोषणादेखि छनोट भएका फिल्मलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

फेस्टिभलको जुरीमा फिल्म सम्पादक तथा निर्देशक रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र फिल्म सम्पादक भरत रेग्मी रहेका छन् ।

 

  • न्युज बहार संवाददाता

थप