बैशाख
१८, काठमाडौँ । फिल्म ‘दान्भी’को प्रदर्शन मिति सारिएको छ । अभिनेत्री
पूजा शर्माको एक्सन भूमिका रहेको उक्त फिल्मको प्रदर्शन मिति १० जेठबाट सरेर असार
७ गते पुगेको हो । यस अघी जेठ १० गते आउने भनियता पनि शर्माको जन्मदिनको अवसर
पारेर फिल्मको नयाँ रिलिज डेट सार्वजनिक गरिएको हो ।
नयाँ
सार्वजनिक गरिएको मिति असारको ७ गते अहिलेसम्म कुनै पनि फिल्म छैन । अहिलेसम्मको
रिलिज तालिका अनुसार ‘दान्भी’ले सोलो रिलिज अवसर पाउने देखिएको
छ ।
- न्युज बहार संवाददाता