Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले गर्यो प्रदर्शन रोक्ने घोषणा

  •   २ हप्ता अघि | २९ कार्तिक २०८०, बुधबार

कार्तिक २९, काठमाडौँ । चलचित्र दिमाग खराब निर्माण टोलीले हलहरुले कम शो दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ ।

निर्देशक निश्चल बस्नेतले भोलि (बिहीबार) सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको जानकारी दिएका हुन ।

यस विषयमा बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन् उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?, जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौँ, तबसम्म फिल्म चलाउँदैनौँ, बरु वैकिल्पक विधिबाट फिल्म देखाउँन तयार छौँ ।

बस्नेतका अनुसार, अहिले विदेशी फिल्मले १० वटा शो पाएको छ भने चलचित्र दिमाग खराबले ३ वा ४ वटा मात्रै शो पाएको छ । उनले नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत बताएका छन् ।

  • न्युज बहार संवाददाता

थप