जेठ १, काठमाडौँ । फिल्म ‘के घर के डेरा : घर नं २’को प्रिमियर गरिएको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्मको सिभिल मलस्थित क्यूएफएक्सको हलमा बुधबार बेलुका प्रिमियर आयोजना गरिएको हो ।
प्रिमियरमा १८० जना बटुवालाई सहभागी गराइएको थियो । फिल्मले घरेलु फिल्ममा भिन्न शैली सुरुवात गर्दै प्रिमियर गरेको यो पहिलोपटक हो । निर्देशक खनालका अनुसार वास्तविक दर्शकबाट इमान्दार प्रतिक्रिया बुझ्ने उद्देश्यले ‘र्यान्डम’ दर्शकलाई सहभागी गराइएको हो ।
निर्माताले ती दर्शकबाट प्रतिक्रिया समेत लिएका छन । ‘र्यान्डम’ दर्शक बाहेक फिल्मकर्मीको बाक्लो उपस्थिती रहेको थियो । घरबेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा यसमा रहेको फिल्म हेर्ने दर्शकले बताएका थिए ।
- न्युज बहार संवाददाता