Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘खुस्मा’ को सुरुवाती व्यवसाय राम्रो

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

असोज ४, काठमाडौँ । हिजो बिहीबार संविधान दिवसको बिदा पारेर प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गरेको छ । फिल्मले रिलिजको दिन अर्थात बिहीबार काठमाडौँसहित मोफसलका धेरैजसो हलमा करिब ५० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको थियो ।

काठमाडौँ अन्तर्गत विशेष गरेर क्यूएफएक्सको सिभिल, लबिम, एफक्युब, बिग मुभिज जस्ता हलहरूमा बिहीबार दर्शकको चाप देखिएको थियो ।

फिल्मका वितरक गोविन्द शाहीका अनुसार साँझ ६ बजेपछिका शोजमा पनि दर्शकको उपस्थिति राम्रो रहेको र बुटवल, पोखरा, धरान, नेपालगन्ज, विर्तामोड जस्ता सहरहरूमा पनि फिल्म हेर्ने दर्शकको चाप दिउँसोदेखि साँझसम्म राम्रो रहेको छ ।

फिल्म रिलिज भएको पहिलो दिनमा नै देशभर फिल्मको राम्रो व्यवसाय गर्न सफल भएको छ ।

फिल्म मगर समुदायको परिवेशमा निर्माण गरिएको छ भने यस फिल्ममा सशस्त्र द्वन्द्वको प्रभावबीच अंकुराएको एक जोडीको प्रेमकथालाई देखाइएको छ । फिल्ममा धीरज मगर उपासना सिहं ठकुरी, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु) लगायतको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप