Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नाट्यकर्मी महासङ्घ नेपालको महाधिवेशन सम्पन्न।

  •   ३ वर्ष अघि | १७ भदौ २०८०, आइतवार

भदौ १७, काठमाडौँ । नाट्यकर्मी महासङ्घ नेपालको नयाँ नेतृत्व चयन भएको छ । मुलुकभर छरिएर रहेका रङ्गकर्मीहरूको पेसागत सङ्गठनले नयाँ नेतृत्व चयन गरेको हो । राजेन्द्र रिमालको अध्यक्षतामा शनिबार काठमाडौँमा सम्पन्न दोश्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

११ सदस्यीय केन्द्रीय कमिटीका उपाध्यक्षमा प्रवीण पुमा, सचिवमा दीपक निरौला,  महासचिवमा जेवी डिसी, कोषाध्यक्षमा मञ्जु गिरी र सदस्यहरुमा दीपक आचार्य, पुरु लम्साल, पुष्पराज अवस्थी, राम केएसी र शुसिला लक्ष्मी महर्जन छानिएका छन् ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा शनिबार महाधिवेशन भएको थियो ।

कार्यक्रममा उपप्रमुख डङ्गोलले महानगरले कला संस्कृति र सम्पदा जोगाउनका लागि नीति तथा कार्यक्रम मार्फत नै सम्बोधन गरेको बताएकी थिइन । उपप्रमुख डङ्गोलले नेपाली नाट्य क्षेत्रले सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महानगरपालिकाले नाट्यकर्मीहरू लक्षित गरेर नै विभिन्न योजना ल्याएको जानकारी दिइएकी थिइन ।

  • न्युज बहार संवाददाता

थप