Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

‘गाउँ आएको बाटो’ को भव्य प्रिमियर

  •   २ महिना अघि | २४ जेष्ठ २०८१, बिहिबार

जेठ २४, काठमाडौँ । निर्देशक नवीन सुब्बाले २४ वर्षपछि नेपाली फिल्ममा पुनारागमन गरेका छन । आफ्नो २४ वर्षपछीको कथानक फिल्म गाउँ आएको बाटोबाट उनले पुनरागमन गरेका हुन । यो फिल्म शुक्रबारदेखि प्रर्दशनमा आउन लागेको छ ।

बुधबार बेलुका काठमाडौँको बिग मुभिजमा फिल्मको भव्य प्रिमियर आयोजना गरिएको थियो । प्रिमियर समारोह राई समुदायमा आधारित रहेर आयोजना गरिएको थियो । राई समुदायमा पहिलो फिल्म भएकाले सोही थिममा आयोजना गरिएको आयोजकले बताएका छन ।

प्रिमियरमा समारोहमा फिल्मका कलाकार दयाहाङ राई, प्रसन राई, पशुपति राई, सहित फिल्मका कास्ट एण्ड क्रिउ सहभागी रहेका थिए । प्रिमियरमा मिरुना मगर, स्वस्तिमा खड्का, केकी अधिकारी, रामबाबु गुरुङ, कार्म लगायत उपस्थित रहेका थिए ।

फिल्म हेर्नका लागि पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराती पनि पुगेका थिए ।

  • न्युज बहार संवाददाता

थप