Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘गाउँ आएको बाटो’ को भव्य प्रिमियर

  •   २ वर्ष अघि | २४ जेष्ठ २०८१, बिहिबार

जेठ २४, काठमाडौँ । निर्देशक नवीन सुब्बाले २४ वर्षपछि नेपाली फिल्ममा पुनारागमन गरेका छन । आफ्नो २४ वर्षपछीको कथानक फिल्म ‘गाउँ आएको बाटो’बाट उनले पुनरागमन गरेका हुन । यो फिल्म शुक्रबारदेखि प्रर्दशनमा आउन लागेको छ ।

बुधबार बेलुका काठमाडौँको बिग मुभिजमा फिल्मको भव्य प्रिमियर आयोजना गरिएको थियो । प्रिमियर समारोह राई समुदायमा आधारित रहेर आयोजना गरिएको थियो । राई समुदायमा पहिलो फिल्म भएकाले सोही थिममा आयोजना गरिएको आयोजकले बताएका छन ।

प्रिमियरमा समारोहमा फिल्मका कलाकार दयाहाङ राई, प्रसन राई, पशुपति राई, सहित फिल्मका कास्ट एण्ड क्रिउ सहभागी रहेका थिए । प्रिमियरमा मिरुना मगर, स्वस्तिमा खड्का, केकी अधिकारी, रामबाबु गुरुङ, कार्म लगायत उपस्थित रहेका थिए ।

फिल्म हेर्नका लागि पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराती पनि पुगेका थिए ।

  • न्युज बहार संवाददाता

थप