Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो सातामा प्रवेश, कति भयो आम्दानी?

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

जेठ १८, काठमाडौँ । ‘ऊनको स्वीटर’ फिल्म प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । तेस्रो सातासम्म फिल्मले राम्रो व्यवसाय गर्दै चौथो सातामा प्रवेश गरेको हो ।

फिल्म आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको हो भने निर्माण पक्षले फिल्मले तेस्रो सातासम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि देशभर १०० भन्दा बढी शो पाएको छ ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, सुरज तमु र सुनील पोखरेलको अभिनय छ । 

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ । 

  • न्युज बहार संवाददाता

थप