Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आउँदो माघ ११ गतेबाट फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आउने

  •   २ वर्ष अघि | २० मंसिर २०८१, बिहिबार

मंसिर २०, काठमाडौँ । आउँदो माघ ११ गतेबाट फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आउने भएको छ । फिल्मको मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ रहेको एक पोष्टर सार्वजनिक गर्दै निर्माण युनिटले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

यो फिल्म गत कात्तिक ३० गते रिलिजको तयारीमा थियो । तर कात्तिक १५ मा रिलिज भएको फिल्म ‘पुर्णबहादुरको सारंगी’ ले आक्रमक व्यवसाय गरेका कारण फिल्मले यो मितिमा प्रदर्शन स्थगित गरिएको थियो ।

फिल्मका निर्देशक दीपेन्द्र गौचन हुन जसले ३२ वर्ष अघिको डकु–ड्रामा ‘उजेली’ लाई निर्देशन गरेका थिए । ‘उजेली’ का साथै उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप