Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फिल्म ‘जय हो’ लाई अष्ट्रेलियामा मात्र एक सय सो ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, काठमाडौँ । फिल्म ‘जय हो’ आउँदो शुक्रबारबाट स्वदेश तथा विदेशभर प्रदर्शन हुदैछ । यस फिल्मले अष्ट्रेलियामा मात्र एक सय सो पाएको छ । फिल्मले अष्ट्रेलियाको तास्मानिया, क्यान्बेरा, भिक्टोरियालगायतका ८ मुख्य सहरका बिभिन्न हलमा गरेर एकसय सो पाएको हो ।

फिल्मको अहिलेसम्म एकसय सो फिक्स भएको र बढाउने प्रयासमा आफु रहेको ‘जय हो’का अष्ट्रेलिया वितरक नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले बताएका छन । फिल्मको टिकट समेत अग्रिम बुकिङ राम्रो रहेको उनले जानकारी दिएका छन ।

यो फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन भने यसका निर्माता राज के अधिकारी र सुरज ल्वागन (सरकार) हुन । यस फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, अर्पण थापा, सुशान्त श्रेष्ठ, सुमिन गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप