भदौ १, काठमाडौँ । स्वदेशसहित विदेशमा पनि फिल्म ‘गणपति’ एकसाथ प्रदर्शन हुने भएको छ । ‘गणपति’ लाई सेभेन सिज इन्टरटेन्मेन्टले विश्व बजारमा लैजान लागेको हो । भदौ १४ बाट नेपालमा प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर दर्शकले मन पराएका छन् ।
सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख विनोद पौडेलले दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ विश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी दिएका हुन ।
रिजाल एण्ड रिजाल प्रोडक्शन र सेभेन सिजबीच बिहीबार इन्टरनेशनल राइट खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो । ‘गणपति’ अमेरिका, क्यानडा र युकेमा सेक्टेम्बर १ मा प्रदर्शन हुने छ । फिल्म न्युजिल्याण्ड, मिडिल इस्ट र अष्ट्रेलियाका हलमा १५ सेप्टेम्बरमा प्रदर्शन हुने छ भने अन्य देशको प्रदर्शन मिति केही दिनमै तय हुने बताइएको छ ।
- न्युज बहार संवाददाता