Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘बुलाकी’ पुन: प्रदर्शनमा आउने

  •   २ वर्ष अघि | १८ असार २०८१, मङ्लबार

असार १८, काठमाडौँ । फिल्म ‘बुलाकी’ पुन: प्रदर्शनमा आउने भएको छ । आउँदो साउन ३२ गते फिल्मलाई फेरी प्रदर्शन गरिने भएको हो ।  

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म साउन ३२ देखि फेरि प्रदर्शनमा आउन लागेको जानकारी फिल्मका निर्माता तथा कलाकार बिराज विष्टले दिएका हुन् ।

विष्टका अनुसार २०८० सालको पहिलो दिन फिल्म प्रदर्शनमा ल्याइएपनि विभिन्न कारणले फिल्मको प्रदर्शन दोस्रो दिन नै रोक्नु परेकोले अहिले पुनः प्रदर्शनमा ल्याउन लागिएको हो ।

फिल्म बुलाकीलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन भने फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप