Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ नयाँ स्वरमा पुनः रेकर्ड

  •   १ वर्ष अघि | ७ असोज २०८२, मङ्लबार

असोज ७, काठमाडौँ ।  स्व. गायक कृष्णविक्रम थापाको चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ नयाँ स्वरमा पुनः रेकर्ड गरिएको छ।

विसं २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जितेको यो गीत अब थापाका जेठो छोरा राजु थापाले आफ्नै स्वरमा पुनः रेकर्ड गरेका हुन्। गीतमा शब्द र संगीत स्व. कृष्णविक्रम थापाकै रहेको छ।

गीतको भिडियो पनि निर्माण गरिएको छ, जसको छायांकन सिन्धुली जिल्लाको विभिन्न स्थानहरूमा गरिएको छ। भिडियोमा अभिनेता रमेश विश्वकर्मा र अभिनेत्री दीप्सा कार्कीको मुख्य अभिनय देख्न सकिन्छ। साथै, पवन केसी, सत्यदेवी पवित्रा रम्तेल र काजी थापाले पनि अभिनय गरेका छन्।

भिडियोको छायांकन वासु बरालले गरेका हुन् भने निर्देशन क्रान्ति केसीले गरेकी हुन्। यो गीतले सिन्धुलीको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई पुनः उजागर गर्ने उद्देश्य राखेको छ।

  • न्युज बहार संवाददाता

थप