असार ८, काठमाडौँ । फिल्म हलहरुबाट काठमाडौँ महानगरपालिकाले नगर प्रहरी फिर्ता बोलाएको छ।
हिजो महानगरका सबै हलहरुम १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।
यस विषयमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले नै बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न भनेर बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी सबै फिर्ता आएका हुन् ।’
- न्युज बहार संवाददाता