भदौ ५, काठमाडौँ । ‘पशुपतिप्रसाद २ : भष्मे डन’ फिल्म को टिजर सार्वजनिक भएको छ । मंगलबार अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो ।
यस फिल्मको टिजरले पशुपतिप्रसादको भष्मे डनको पुनरागमन उल्लेख गरेको छ । सार्वजनिक टिजरमा बागमती नदी, पशुपतिनाथ मन्दिर, पशुपतिको आर्यघाट र त्यहाँ फ्याँकिएका सिक्का तथा सुनको औंठीलाई भीएफएक्समार्फत सशक्त रुपमा प्रस्तुत गरिएको छ । भष्मे डन उर्फ विपिनलाई भने सुनको दाँत लगाएको हुलियामा देखाइएको छ ।
प्रतीक्षित यो फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन भने पटकथा र निर्माण खगेन्द्र लामिछानेको रहेको छ । विपिनसहित यस फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, माओत्से गुरुङ, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, मिश्री थापा, लोकेन्द्र लेखक, विभु पौडेल, सजन थापा मगर, र प्रकाश दाहालको पनि अभिनय छ ।
- न्युज बहार संवाददाता