असोज ६, काठमाडौँ
। नेपालीहरुको महान चाड बडा दशैँ आउन अब अब दुई साता जती समय बाँकी छ । दशैँ आउदै
गर्दा अहिले युट्युबमा पनि क्रमशः दशैँका गीतहरु सार्वजनिक हुन थालेको छ । अहिले युट्युबको
ट्रेन्डिङमा दशैँको गित आउन थालेका छन् । दशैँका लागी कलाकारले दशैं गीत पनि
ल्याउन थालेका छन् ।
गीत
रिलिजको चार दिनमै हेमन्त शर्माको दशैं गित ‘आउँथ्यो दसैँ’ युट्युबमा नेपाल
ट्रेन्डिङको तेस्रो स्थानमा रहेको छ । यो गितमा हेमन्तकै शब्द तथा संगीत रहेको छ
भने उनालाई गायनमा मेलिना राईले साथ दिएकी छन् ।
त्यस्तै दशैं
गीत ‘आयो है
दशैं आयो’ पनि रिलिज
भएको छ । पुरुषोत्तम पौडेल र सुनिता बुढा क्षेत्रीको स्वरमा सार्वजनिक भएको यो गीत
युट्युब ट्रेन्डिङको सातौं नम्बरमा छ ।
- न्युज बहार संवाददाता