चैत ८, काठमाडौँ
। फिल्म ‘भाइरल
गोर्खे’को टिजर
युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक
टिजरले कथावस्तु, चरित्र
चित्रण दर्शाउँछ । सौगात मल्ल र सृष्टि श्रेष्ठको
शीर्ष भूमिका रहेको फिल्मको टिजरले सामाजिक संजालमा भाइरल
हुने प्रवृत्ति, त्यसले
निम्त्याउने प्रभाव र असरको कथा देखाएको छ ।
कथा सुरु ‘पाँडे गाउँ’ नामक एक काल्पनिक गाउँको एक पात्र
गोपालको भाइरल हुने चाहनाबाट हुन्छ ।
सृष्टि
श्रेष्ठ - मिस गीताञ्जली, बुद्धि
तामाङ - थने मास्टर, राजाराम
पौडेल - सोमपाल, ऋषि धमला
पत्रकारको भूमिकामा रहेका छन् । कमेडी र सोसल ड्रामा जनरामा बनेको फिल्मले सामाजिक
संजालको प्रवृत्तिलाई कटाक्ष गरेको छ ।
- न्युज बहार संवाददाता