मंसिर
२८, काठमाडौँ । अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । शुक्रबार हैदरावाद
प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।
चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड
भएको र भागदौडमा परि एक महिलाको मृत्यु समेत भएको थियो सोही मामलामा प्रहरीले
उनलाई पक्राउ गरेको हो।
प्रहरीले
यसअघि यही मामिलामा तीन जना लाई पक्राउ गरिसकेको छ । यसअघि पक्राउ पर्नेमा बालकनी
सुपरभाइजर, थिएटर म्यानेजर नागराजु र थिएटर सञ्चालक सन्दीप रहेका छन् ।
- न्युज बहार संवाददाता