जेठ ३, काठमाडौँ। बलिउडमा निर्देशक रोहित सेठ्ठीको कप युनिभर्स
प्रतिक्षित फिल्म निर्माणमा अग्रस्थानमा पर्छ । कप युनिभर्सले यस अघी
नै अजय
देवगनलाई लिएर ‘सिंघम’, ‘रणवीर सिंहलाई लिएर ‘सिम्बा’ र अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ निर्माण गरिसकेको छ र यि सबै फिल्म रोहित सेठ्ठीले
निर्देशन गरेका हुन जसले भारतिय बक्स अफिसमा ब्लकबस्टरको ट्याग पहिरिएको छ।
उनै निर्देशक रोहित यतिबेला ‘सिंघम अगेन’को तयारीमा जुटेका छन । यो फिल्ममा ‘उरी’ अभिनेता विक्की कौशल पनि जोडिएका छन। विक्कीलाई फिल्ममा लिने विषयमा
रोहितसँग छलफल भइसकेको छ ।
स्रोतका अनुसार निर्देशक रोहित र विक्की चरित्रका बारेमा योजना
बनाइरहेका छन् । रणवीरको भन्दा विक्कीको कप चरित्र फरक हुनेछ।
- न्युज बहार संवाददाता