भदौ २१, काठमाडौँ । गायिका विष्णु माझीको यस वर्षको तिज गीत सार्वजनिक भएको छ ।
बुधबार युट्युबमा ‘बलमा’ बोलको उनको स्वर समावेश तीज गीत सार्वजनिक भएको छ । उक्त गित सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। ‘बलमा’ बोलको तिज गितमा गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका छन ।
यस गितको भिडियोमा मोडल बिनु सुवेदीले अभिनय गरेका छन । गीतको माध्यमबाट महिला हिंसाविरुद्धको सन्देश पनि दिने प्रयास गरिएको छ भने गितमा सुन्दरमणिकै निर्देशन रहेको छ ।
- न्युज बहार संवाददाता