बैशाख २४, काठमाडौँ
। जातीय विभेद र वर्ण व्यवस्थाको कथावस्तुमा आधारित हुने फिल्म ‘वसन्त’ को निर्देशन गायक प्रकाश सपुतले गर्ने
भएका छन् । यो सोसल-ड्रामा फिल्म निर्माणको घोषणा काठमाडौँमा आयोजित पत्रकार
सम्मेलनमा गरिएको हो ।
सपुतसहित यस
फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा खड्का, कमलमणि नेपाल, अनुप बराल, र प्रकाश घिमिरेको अभिनय रहेको छ
। सपुतकै निर्देशनसहित फिल्मको संगीत र पटकथा पनि उनकै हुने उल्लेख गरिएको छ ।
आगामी चैते
दशैंलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ । यो प्रोजेक्टबारे आफ्नो युट्युब
च्यानलबाट टिजर सार्वजनिक गर्दै सपुतले विस्तृत जानकारी गराएका हुन ।
- न्युज बहार संवाददाता