असोज २२, काठमाडौँ
। फूलपातीबाट प्रदर्शन तयारीमा रहेका फिल्मको देशभरका फिल्म हलले अग्रिम टिकट
बिक्री सुरु गरेका छन । फुलपातीको दिनदेखी तिन नेपाली र एक बलिउड गरि चार वटा
फिल्म रिलिज हुँदैछन । उक्त मितिमा प्रदर्शन हुन लागेका तिन फिल्म छक्कापञ्जा ५, १२
गाउँ, ज्वाइँ साब लगायत बलिउड फिल्म जिग्राको शो बाँडफाँट गरिएको छ ।
शो बाँडफाँट
पछी सबैभन्दा बढी शो ‘छक्कापञ्जा
५’ ले पाएको छ
। यस फिल्मले देशभर २१७ शो पाएको छ । विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ शो बाँडफाँटमा दोस्रो स्थानमा छ
। यो देशभर फिल्मले १२५ शो प्राप्त गरेको छ ।
त्यस्तै वसन्त
निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले देशभर ८९ शो पाएको छ ।
- न्युज बहार संवाददाता