मंसिर १२, काठमाडौँ
। खोटाङका सञ्जिप राईले हिमालय रोडिज सिजन ५ को उपाधि जितेका छन् ।
उनले सोमबार
सम्पन्न ग्राण्ड फिनालेमा उपाधिसँगै यामहा मोटरसाइकल र १० लाख रुपैयाँ नगद समेत
प्राप्त गरेका छन ।
रोडिज सिजन
५ मा विश्व मगर उपविजेता भएका छन । उनले ५०
हजार रुपैयाँ प्राप्त गरेका छन ।
विजेतालाई हिमालय
टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले पुरस्कार प्रदान
गरेका थिए ।
दुबैजना
प्रतिस्पर्धीले टीम लाउरे अर्थात ग्रीन ग्याङबाट उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए
।
- न्युज बहार संवाददाता