साउन ४, काठमाडौँ । ‘ह्वाट द फ्लप’ कार्यक्रमलाई कान्तिपुर टेलिभिजनले बन्द गरेको छ। टेलिभिजनले कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गर्ने गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि बन्द गर्ने निर्णय लिएको हो ।
केही समय अगाडि सन्दीप क्षेत्रीले सञ्चालन हर्ने यस कार्यक्रममा कलाकार पल शाहलाई अतिथिका रुपमा बोलाएर बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको थियो ।
सोही विषयलाई लिएर शो बन्द गर्ने निर्णय भएको र सोहीअनुसार उक्त सामग्री युट्युबबाट हटाइएको तथा कार्यक्रमका उत्पादन र प्रशारण पूर्णत रोकिएको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता