फागुन २९, काठमाडौं। आज बिहान भएको ओस्कार अवार्डमा
भारतीय भारतिय तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटू–नाटू’
ले सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी
भई अवार्ड
जित्न सफल भएको छ।
निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ९५ औँ एकेडेमी अवार्ड्समा ‘ओरिजिनल सङ’ को श्रेणीमा ओस्कार अवार्ड पाएको हो।
ओस्कारको मञ्चमा ‘आरआरआर’ का कलाकारले नाटु नाटु गीतमा प्रस्तुति पनि दिएका थिए। समारोहमा पछिल्लो सिटमा निर्देशक राजामौली सहित ‘आरआरआर’ को टोलीले ताली बजाएर प्रस्तुति लाई साथ दिइरहेका थिए। आरआरआरका कलाकारहरु ओस्कारको रेडकार्पेटमा पनि प्रस्तुत भएका थिए।
यसअघि ‘नाटू–नाटू’
ले बेस्ट ओरिजिनल सङको गोल्डन ग्लोब अवार्ड पनि
जितेको थियो ।
- न्युज बहार संवाददाता