असार २०, काठमाडौँ । अभिनेता तथा गायक रविन तामाङको निधन भएको छ। चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको मंगलबार बेलुका निधन भएको हो । रविनकी दिदी भगवती तामाङले भाइको मंगलबार बेलुका निधन भएको पुष्टि गरेकी छिन ।
रविनको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बुढानीलकण्ठस्थित घरमा मंगलबार बेलुका रविनको निधन भएको भगवतीले बताएकी छिन ।
गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ-५ चिसेनीस्थित उनको घरमा प्रहरी पुगेको प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले बताएका छन ।
इन्सपेक्टर चन्दले भने ‘उनको घरमा पुग्दा शंकास्पद केही देखिएको छैन, सामान्य अवस्था छ र घटनास्थल पनि क्लिन देखिन्छ।’
तामाङले रक जनरामा गित गाउनुका साथै फिल्महरुमा पनि अभिनय गरेका थिए। उनको पछिल्लो फिल्म ‘छड्के २’ हो।
- न्युज बहार संवाददाता