पुस २१, काठमाडौँ
। ‘पुष्पा २’ ले नयाँ रेकर्ड राखेको छ । ‘पुष्पा २’ हालसम्म भारतीय बक्सअफिसमा
सर्वकालिन धेरै कमाउने भारतीय फिल्म बनेको छ । ७ वर्ष, ८ महिना र ३ दिनमा अल्लु अर्जुन
स्टारर फिल्मले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको पिंकभिल्लाले
जनाएको छ ।
यो फिल्मले
हिजो शनिबार मात्र भारतीय बक्सअफिसमा ६ करोड भारु कमाइ गरेको छ ।
पोर्टलले
उल्लेख भए अनुसार आइतबार यो समाचार तयार पार्दासम्म फिल्मले ‘बाहुबली २’लाई उछिन्न बाँकी २ करोडको आँकडा
पार गरेको छ । पिंकभिल्लाले आइतबारसम्म यसले त्यो कमाइलाई पार
गरेको जनाएको हो ।
- न्युज बहार संवाददाता