पुस ४, काठमाडौँ । आगामी डिसेम्बर २२ अर्थात आउँदो शुक्रबार दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार रिलिज हुँदैछ । डिसेम्बर २१ अर्थात् बिहिबार त्यसैको एक दिनअघि मा शाहरुख खानको फिल्म डंकी पनि रिलिज हुँदैछ ।
एडभान्स
बुकिङ दुवै फिल्मको लागी सुरु भइसकेको छ । एडभान्स बुकिङमा यसअघि डंकीले सालारलाई लाई
उछिनेको थियो । तर अब भने एडभान्स बुकिङमा सालारले २ करोड ४० लाख भारुभन्दा धेरै
कमाएर डंकीलाई पछाडि पारेको छ ।
सालारलाई डंकीको तुलनामा कम शोज दिइएको छ । अहिलेसम्म
एडभान्स बुकिङबाट सालारले १२ करोड ६७ लाख भारु कमाएको छ भने ६ हजार ४३९ शोजका लागि फिल्मको
५ लाख ७७ हजार ४०६ ओटा टिकट बिकेको छ । अर्कोतर्फ १२ हजार ६०८ शोजका लागि डंकीको ३
लाख ६० हजार ५०८ ओटा मात्रै टिकट बिक्री भएको छ ।
- न्युज बहार संवाददाता