काठमाडौं । फिल्म ‘जय हो’ले आफ्नो प्रचार प्रसारका लागी टाँसिने फिल्मको पोस्टर काठमाडौँ महानगर क्षेत्रभित्र नटास्ने निर्णय गरेको छ ।
‘जय हो’का निर्माता शोभित बस्नेतले काठमाडौँलाई सुन्दर बनाउने अभियानमा साथ दिन आफूहरुले यस्तो निर्णय गरेको बताएका छन । उनले कुनै पनि फिल्मका पोस्टर नटाँस्नसमेत अनुरोध गरेका छन।
आगामी भदौ ८ गतेदेखी टेक पौरखी राई निर्देशित फिल्म ‘जय हो’ देशव्यापी रिलिज हुँदैछ । फिल्ममा सलोन बस्नेत, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका छ भने फिल्ममा निशा अधिकारी, माओत्से गुरुङ, सुमिन गुरुङ र सुशान्त श्रेष्ठले समेतको अभिनय देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता