Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रामायणको सेटमा फोन प्रतिबन्ध

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म रामायण फिल्म यतिबेला चर्चामा रहेको छ । यो फिल्मको अहिले शुटिङ चलिरहेको छ ।  केही दिनअघि रामायणको सेटबाट केही तस्बिर र भिडियो लिक भएको थियो । यसरी लिक भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा यी तस्बिर र भिडियोहरू भाइरल भएका थिए । नितेश तिवारीलाई यसरी तस्बिर र भिडियो लिक भएको पटक्कै मन परेको छैन । निर्देशकले यो घटना पछी यस्तो घटनाहरू दोहोरिन नदिन सेटमा फोन ल्याउनै नपाउने नियम लगाइदिएका छन् ।

फिल्मसम्बद्ध एक स्रोतका अनुसार सुटिङ सुरु भएपछि अतिरिक्त कर्मचारी र टोलीलाई सेट बाहिरै बस्न निर्देशन दिइएको छ । समाचार छापेको इन्डिया टुडेका अनुसार सिनका हिसाबले चाहिने स्टार र प्राविधिकलाई मात्र सेटमा बस्न भनिएको छ र बाँकी सबैलाई प्रवेशमा रोक लगाइएको छ।

  • न्युज बहार संवाददाता

थप