फागुन १५, काठमाडौँ । आज सोमबार अभिनेता पल शाह रिहा भएका छन् । उनी आइतबार उच्च अदालत पोखराको फैसलाअनुसार रिहा भएका हुन् । आवश्यक प्रक्रिया पुरा गरेर पल तनहुँ कारागारबाट छुटेका छन ।
आइतबार
उच्च अदालत पोखराबाट नाबालिग बलात्कारको केसमा सफाइ पाएका थिए। आइतबार
कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुरा गरेर उनि आज कार्यालय खुलेसँगै रिहा
भएका छन।
रिहा
भएपछि उनी सिधै काठमाडौँ आउने बुझिएको छ । पल शाहलाई लिन उनका परिवारका सदस्य, कानुन
व्यवसायी कमलामोहन वाग्ले, र केही
साथी कारागार भित्नै गएका थिए । उनीहरुले पल शाहलाई खादा र माला लगाएर स्वागत
गरेका छन् ।
- न्युज बहार संवाददाता