फागुन
१७, काठमाडौँ । तीन वटा नेपाली फिल्मले आउँदो शुक्रबार अर्थात फागुन २५ गते
शिवरात्रिको मौका छोपेर प्रदर्शन मिति तय गरेका छन । शुक्रबार शिवरात्रि र त्यसपछि
शनिबार र आइतबारपछी सोमबार परेको ग्याल्पो ल्होसारको सार्वजनिक बिदा परेकाले यो
मितिमा फिल्म रिलिज गर्ने होड चलेको हो ।
तिन
नेपाली चलचित्र ‘उपहार’,
‘रङ्गेली’
र ‘काँडेतार’
एक साथ
प्रदर्शनमा आउन लागेका हुन् । फागुनको पहिलो साता र दोस्रो
साता प्रदर्शनमा आएका फिल्म ‘जिग्री’ र ‘गोर्खा
वारियर’ ले अपेक्षा
गरेजस्तो व्यवसाय नगरेको अवस्थामा २५ गते तीन वटा फिल्म एक साथ प्रदर्शनमा आउन
थालेका हुन् ।
सबैभन्दा पहिला ‘काँडेतार’ले शिवरात्रिको मौका
छोपेर प्रदर्शनको मिति घोषणा
गरेको थियो भने त्यसपछि
‘उपहार’ र ‘रङ्गेली’ ले पनि सोही दिन प्रदर्शनको मिति घोषणा गरेको हो ।
- न्युज बहार संवाददाता