असार २६,
काटमाडौँ । आउँदो शुक्रबार हलमा चार फिल्म रिलिज हुने भएका छन । चार फिल्म मध्ये यसअघि
रिलिज भइसकेको दयाहाङ राई स्टारर ‘बिहेपास’ पुन रिलिज हुने क्रममा रहेको छ।
मल्टिप्लेक्सले
गत वैशाख १ गते प्रदर्शनमा आएको दयाहाङ र प्रकृति श्रेष्ठको ‘बिहेपास’लाई प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
वेबसाइटमा
मंगलबार क्यूएफएक्ससहितका मल्टिप्लेक्सले बिहेपासलाई प्रदर्शन तयारीमा रहेको भन्दै
प्रकाशित गरेका छन् । वितरक समेत रहेका रोहित कट्टेलले यतिबेला हलमा नयाँ नेपाली
फिल्म नभएकाले हल सञ्चालककै आग्रहमा ‘बिहेपास’ फिल्मलाई पुनः प्रदर्शन गर्न लागिएको
जनाएका हुन ।
यसअघि
वैशाख १ मा दयाहाङ अभिनित अर्को फिल्म ‘जारी’सँग जुध्दा ‘बिहेपास’ को कलेक्सन राम्रो भएको थिएन।
- न्युज बहार संवाददाता