Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा

  •   २ वर्ष अघि | ३ मंसिर २०८१, सोमवार

मंसिर ३, काठमाडौँ । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ । प्रस्तुतकर्ता थ्री प्र्रोडक्सनले आज सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त शो आउने जानकारी दिएका हुन ।

सगुन पाण्डे र हिरण बस्नेतले तथा होस्ट तथा निर्देशक विशाल भण्डारीसहित मिलेर शो निर्माण गर्नेछन । यसअघिको ‘कमेडी क्लब विथ च्याम्पियन’को नाम परिवर्तन गरि यसपाली ‘कमेडी नाइट विथ च्याम्पियन’ राखिएको छ ।

कमेडी नाइट विथ च्याम्पियन शोमा हास्य प्रस्तुति दिने कलाकारको लाइनअप पनि सार्वजनिक गरिएको छ । यस शो मा भरतमणि पौडेल, प्रभात लामा, सन्तोष थापा, मेक्सम गौडेल, सुमन कोइराला, कैलाश कार्की, सजन श्रेष्ठ, पवन भट्टराई र सुमन कार्कीले पनि दर्शकलाई हँसाउनेछन् । 

  • न्युज बहार संवाददाता

थप