पुस ८, काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजनमा प्रसारण हुने समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ।
ग्यालेक्सी
फोरके टेलिभिजनमा कार्यरत कर्मचारीहरूले सामूहिक छलफल गरेर गत पुस १ गतेदेखि समाचार, कार्यक्रम उत्पादन लगायतका काम
रोकेका हुन्।
विगत छ महिनादेखि ग्यालेक्सीमा पत्रकार
र कर्मचारीले तलब पाएका थिएनन्।
एक
पत्रकारका अनुसार टेलिभिजनका समाचारहरू सबै रोकिएका छन। लाइभ कार्यक्रम
र प्रोड्क्सन सबै रोकिएको छ । अहिले पुराना रेकर्डिङ र गीतहरु
मात्र बजिराखेको छ।
सबै खालकाकार्यक्रम
उत्पादन बन्द भएता पनि कार्यालय पुगेर पत्रकार र कर्मचारीहरुले हाजिरी भने गरिरहेका
छन्।
पत्रकारहरुका
अनुसार तलब होल्ड भएको ६/७ महिना भइसकेको छ, मंसिर अन्तिमसम्म हुन्छ भनेका
थिए भएन त्यसैले अहिले कर्मचारीहरूले नै तलब
आउँदैन भने काम नगर्ने भनेर रोक्का गरेका छन।
लामो
समयदेखि ग्यालेक्सी टिभीका सञ्चालक तथा अध्यक्ष जिबी राई फरार रहेका छन् भने कुमार
रम्तेल अर्का सञ्चालक जेलमा छन्।
- न्युज बहार संवाददाता