चैत १४, काठमाडौँ
। सुपरस्टार शिव श्रेष्ठले शिव दाई नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । नेपाली सिनेमाका सुपरस्टार श्रेष्ठले यस उद्योगमा करिब ४१ वर्ष बिताएका छन।
उनले यही
आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ
व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन् ।
उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो
फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने बताएका छन् ।
उनको यो कार्यक्रम विजनेस दर्शन मिडिया हाउस प्रालिको
सहकार्यमा सञ्चालन गर्न लागेका हुन ।
नेपाली फिल्ममा अहिले पनि उनी शीर्ष भूमिकामा रहने गरेका छन। उनको पछिल्लो समय सार्वजनिक भएको
चलचित्र प्रेम गीत ३ ले नेपालमा मात्र नभएर भारतमा पनि त्यतिकै लोकप्रियता कमाएको थियो ।
- न्युज बहार संवाददाता