फागुन २, काठमाडौँ । आज राजधानीमा फिल्म’मेयर’को मुहूर्त गरिएको छ । सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्मको मुहूर्त नारायणहिटी राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा गरिएको हो ।
फिल्मका
कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन् । उनले ‘केही राम्रो काम गरेरै छोड्छु
भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घात प्रतिघातका बिचमा पनि
सङ्घर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ
भन्ने विषयमा फिल्म केन्द्रित हुने बताएका छन ।
अभिनेता
खगेन्द्र लामिछाने फिल्ममा शीर्ष भूमिकामा रहनेछन् भने उनको अपोजिटमा वर्षा राउत रहने
छन । यी दुईका अलवा अनुप बराल, अर्पण थापा, प्रकाश घिमिरे,
दिव्यदेव, रवीन्द्र झा, हरिहर शर्मा, रमेश बुढाथोकी, सञ्जोग रसाइली अविंशाचापा, , आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायत अन्य कलाकारको
फिल्ममा अभिनय रहनेछन ।
- न्युज बहार संवाददाता