बैशाख २१, काठमाडौँ । भारतमा अहिले इन्डियन प्रिमिएर लिग – आईपिएल २०२३ को सिजन चलिरहेको छ। भारतीय क्रिकेट, आईपिएल र क्रिकेट भन्ने बितिकै सँगै आउने नाम हो भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी ।
उनै भारतीयका लागि सबैभन्दा सफल क्रिकेट कप्तानको प्रेरणादायी यात्रालाई देखाउने एमएस धोनीबारेको बायोपिक फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ पुनः एकपटक हलहरुमा रिलिज हुने भएको छ। यो फिल्म धोनीको जिवनीमा आशारित छ भने यो पहिलोपटक सन् २०१६ मा रिलिज भएको थियो ।
यस फिल्मका निर्देशक नीरज पाण्डे हुन। यही धोनीको बायोपिक फिल्म आगामी मे १२ मा भारतका हलहरुमा पुनः प्रदर्शन हुने भएको छ ।
यस फिल्ममा दिवगंत अभिनेता सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गरेका थिए भने यो फिल्म २०१६ को सबैभन्दा हिट फिल्म बनी धेरै बिदामा अवार्ड पनि जित्न सफल भएको थियो ।
- न्युज बहार संवाददाता