Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रेखा थापाको नयाँ फिल्म 'उपहार' मा मिस्टर नेपाल २०२३ का उपाधि विजेता समर्पणजंग कार्की अनुबन्धित ।

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

साउन १६, काठमाडौँ । रेखा फिल्म्सले ‘उपहार’ शिर्षकमा आफ्नो नयाँ फिल्म निर्माण गर्दै छ। उक्त आगामी ‘उपहार’ फिल्मका कलाकारको ‘लाइनअप’ पूरा भएको छ ।

गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की  र अभिनेत्री बेनिशा हमाल फिल्ममा देखिने पक्का भएको छ।  

यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्मात्री तथा अभिनेत्री रेखा थापाले जानकारी दिइन् ।

रेखाले बेनिशासँग आइतबार र समर्पणसँग उनी मिस्टर नेपाल घोषित हुनुअघि नै साइन भइसकेको बताएकी हुन।

यसबाहेक फिल्मको शीर्ष भूमिकामा रेखा थापा, पूजा शर्मा र मुकुन भुसाल पनि फाइनल भइसकेका छन् ।

आउँदो भदौ ७ गतेदेखि फिल्मको छायांकन सुरु हुने जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप