Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सोमबारदेखि महानगरभित्रका हलमा भारतीय फिल्मको प्रदर्शन रोक लगाउने मेयर शाहको निर्णय।

  •   ३ वर्ष अघि | ३ असार २०८०, आइतवार

असार ३, काठमाडौँ । महानगरभित्रका हलमा काठमाडौँ महानगरपालिकाले भोली सोमबारदेखि भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ ।

मेयर बालेन शाहको सचिवालयले नगर प्रहरीलाई खटाएर भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको जानकारी दिएको छ। मेयर बालेन शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म महानगरभित्रको सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने बताएको छ ।

सचिवालयले भन्यो ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौँ महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको हो । यसका लागि नगर प्रहरी आजैदेखि खट्ने भएका छन,’ । काठमाडौँ महानगर भित्र मात्रै ३२ वडामा १७ फिल्म हल रहेका छन् ।

अहिले रिलिज भइरहेको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा पनि सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए ।

तर बालेनले आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।

  • न्युज बहार संवाददाता

थप