फागुन २,काठमाडौँ । 'लैले बरै' भन्ने ठेट लोकभाकाको गितले अहिले धेरैको मन जितिरहेको छ । यी ठेट भाका गाउने
मान्छे चाही ६७ वर्षीया
नन्दा पन्त हुन । उनले गाएको ‘लैले बरै’ ठेट लोकभाकाको यो गीतले अहिले
युट्युबमा मात्रै होइन टिकटकमा राम्रो स्थान पाइरहेको छ । सामाजिक सञ्जालमा
टिकटकमा अहिले यो गितको अंश जादा जादै बन्दिपुर पुग्यो रुदा रुदै कलिलो ज्यान
सुक्यो भन्ने लाईनले चर्चा कामाइरहेको छ ।
फिल्मी र व्यावसायिक
गीत–संगीतको
दबदबा रहेको अहिलेको समयमा नन्दा पन्तको ठेट भाकाले पाएको स्थान र
गित लोकप्रिय हुनु आफैंमा
अर्थपूर्ण छ। यो लोकभाका गण्डकी
र बागमती क्षेत्रको ठेट मौलिक भाका हो। अझ अर्को कुरा त के छ भने यो भाकामा कहिल्यै लाइमलाइटमा नआएकी एक आम ज्येष्ठ नागरिक
महिला कलाकार हुनुहुन्छ जसले आज भन्दा अगाडि यसरी सायदै गाउनु भएको थियो होला । उहाले गाएको गीत यसरी लोकप्रिय हुनु
आफैंमा ठुलो हो ।
काठमाडौंको रानीबारीमा बस्ने गोरखा स्थायी घर भएकी नन्दा पन्तको रानिबारीमा पनि आफ्नै घर छ । त्यही घरमा गायक तथा संगीतकार भूपु पाण्डेका साथी बस्थे, जो भिडियोग्राफर हुन् । साथीको उक्त डेरामा जाँदा आउँदा नन्दाले भूपुलाई गायक भन्ने थाहा पाइन् । अनि उनले आफ्नो पनि गीत गाउने रहर रहेको भुपु पाण्डेलाई सुनाइन् । त्यसबेला उहाँले मलाई धेरै किसिमको भाका सुनाउनुभएको थियो त्यस मध्ये यो भाका चाही केही नौलो र नयाँ खालको लाग्यो आमाको पनि रहर पूरा हुन्छ अनि केही नौलो पनि हुन्छ, भनेर यो गीत निर्माण गर्ने सोच बनाएको भुपु पाण्डेले बताए । भूपुले यो गीतले यति चर्चा पाउँछ भन्ने पटक्कै सोचका थिएनन् ।गीतको एरेन्जर भूपु पाण्डे भन्छन ‘सामान्य खर्चमा स्टुडियोमा नै छायांकन गर्यौं । अहिले यत्तिको चर्चा पाउँदा अत्यन्तै खुसी लागेको छ।’