माघ १४, काठमाडौँ
। ‘नमेटिने घाउ’ एसिड
आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको औपचारिक घोषणा भएको
छ । निर्देशक तथा निर्माता रमित ढुंगानाले आज आइतबार आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे
जानकारी दिएका छन ।
एमाले
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उक्त प्रेसमिटमा प्रमुख अतिथिको
रुपमा उपस्थित थिए । ओलीले यो फिल्ममा प्रधानमन्त्रीको भूमिकामा केमियो रोलमा
अभिनय गर्न लागेको समेत प्रेसमिटमा जानकारी दिइएको छ ।
- न्युज बहार संवाददाता