Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

असोज ३ गते ‘जारी २’ र ‘सोल्टिनी’ एकैसाथ प्रदर्शनमा आउने

  •   १ वर्ष अघि | १९ साउन २०८२, आइतवार

साउन १८, काठमाडौँ । आगामी असोज ३ गते संविधान दिवसलाई दुई  फिल्मले आफ्नो प्रदर्शन मिती तोकेका छन । असोज ३ गते २ फिल्म प्रदर्शनमा आउने भएका छन् । यी दुई फिल्म हुन्, ‘जारी २’ र ‘सोल्टिनी’ । यी दुई फिल्म एउटै समुदायको कथामा बनेका हुन् ।

जारी – २ ले गत शुक्रबार आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेपछी यी दुई फिल्मको भिडन्त हुने निश्चित भएको हो । करिब ६ महिनाअघि नै फिल्म ‘सोल्टिनी’ले भने असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेको थियो ।

‘जारी २’ कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म हो । ‘जारी २’ मा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको छ भने । फिल्ममा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, प्रेम सुब्बा, पुष्कर गुरुङ, माओत्से गुरुङ, विष्णु मोक्तान, कमलमणि नेपाल, मानहाङ लावती लगायतको पनि अभिनय छ ।

त्यस्तै ‘सोल्टिनी’ मा प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सनविक्रम राई, रवीन्द्र झा, सब्बु गुरुङ, कविता आले, प्रकाश घिमिरे, प्रेम सुब्बा, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय फिल्ममा  रहेको छ । 

  • न्युज बहार संवाददाता

थप