असार २६, काठमाडौँ । सिसन बानियाँ र दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाएको छ । यो गितले अहिले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ ।
नेपाल तर्फ
यो गितले २० घण्टामै १६ लाख ३६ हजार भ्यूज ल्याएर युट्युबमा चौबिस घण्टाभित्र
सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान रचिसकेको छ ।
यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को
नयाँ कीर्तिमान रचेको छ । अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने यो गीत पहिलो नेपाली
गीत बनेको छ । ‘संयुक्त
राज्य अमेरिका’को
ट्रेन्डिङमा यसअघि कुनै पनि नेपाली गीत आउन सकेका थिएनन् । अमेरिकामा यो गीत संगीत खण्डतर्फ होइन, रियल टाइम
ट्रेन्डिङमा युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ ।
नेपालतर्फ
यो गित अहिले युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । यो समाचार तयार पार्दा
सम्म यो गितले २,०५४,००७ भ्युज पाएको छ ।
- न्युज बहार संवाददाता