Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

के बाहुबाली अभिनेता प्रभास आफ्नो आगामी फिल्ममा ‘विष्णु’ बन्दैछन?

  •   ३ वर्ष अघि | १८ असार २०८०, सोमवार

असार १८, काठमाडौँ । साउथ इण्डियन अभिनेता प्रभासको अहिले आप्नो हालसालै रिलिज बएको फिल्मालाई लिएर लाइमलाइटमा छन। उनको फिल्म ‘आदिपुरुष’ केही साता अगाडी रिलिज भएको थियो। यावाट उनले सोचेको जति सफलता पाउन भन्दा नसोचेको जती आलोचना पाएका छन।

अब आदिपुरुष पछी उनको दुई वटा फिल्म आउने तयारीमा छ। अब प्रभासका फ्यान उनको आगामी फिल्म ‘सालार’ र ‘प्रोजेक्ट के’को पर्खाइमा रहेका छन् ।

बाहुबली अभिनेताको पहिलो फिल्म ‘सालार’ यसै वर्षको सेप्टेम्बरमा प्रदर्शनको तयारीमा रहेको छ ।

उनको अर्को फिल्म ‘प्रोजेक्ट के’लाई लिएर अहिले जुन खबर आएको छ त्यसले फ्यानलाइ तनाव हुने भएको छ। ‘आदिपुरुष’मा राम बनेका प्रभासले दर्शकलाई प्रभावित तुल्याउन नसकेको समयमा उनको अर्को फिल्म ‘प्रोजेक्ट के’को स्क्रिप्ट लिक भएको छ, जसअनुसार प्रभास यो फिल्ममा भगवान विष्णुको अवतारमा देखिने भएका छन ।

सबै पक्षबाट अत्यन्तै नकारात्मक अभियानको बाबजुद प्रभासले ‘आदिपुरुष’ फिल्ममा आफ्नो क्षमता देखाएका छन् । यसैगरी ‘प्रोजेक्ट के’बाट नाग अश्विनले के गर्दैछन् भन्नेमा निकै उत्साह थपिएको समयमा यसको कथाबारे केही संकेत प्राप्त भएको छ ।

भगवान विष्णुले हिन्दू पौराणिक कथा अनुसार दुष्टताको नाश गर्नका लागि एक युगमा अवतार लिने गर्छन् भन्ने विश्वासलाई यस फिल्ममा समेटिएको छ । यो फिल्ममा प्रभासले उक्त युगका भगवान विष्णुका अवतार बन्न लागेको संकेत प्राप्त भएको छ ।

यो अवतार एक आधुनिक नायकको हुनेछ जसले आधुनिक हतियारको साथ यस युगका खलनायकसँग लड्नेछन। 

  • न्युज बहार संवाददाता

थप