Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउने आदेश

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउने आदेश गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बुधबार ‘प्रकाश’ फिल्मलाई प्रदर्शनका लागि स्वीकृति दिए नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्ने आदेश दिएका छन । साथै दिएको भए प्रमाणित प्रतिलिपि पेश गर्न समेत आदेश दिएको छ ।

यस मुद्दामा पक्ष र विपक्षका वकिलहरुले बहस बुधबार गरेका थिए ।

केन्द्रीय चलचित्र जाँच समितिको विवरणमा २०७९ भदौ ५ गते ‘प्रकाश’को सेन्सर जाँच भएको देखिन्छ ।

फिल्म ‘प्रकाश’का लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै असोज ५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप