Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन् २०२४ मा सुशान्त केसी बने सर्वाधिक स्ट्रिमिङ हुने नेपाली संगीतकर्मी, उनको गितमा बन्यो १० लाख टिकटक भिडियो

  •   २ वर्ष अघि | १३ पुस २०८१, शनिबार

पुस १३, काठमाडौँ । गायक सुशान्त केसीको लागि सन् २०२४ फलदायी वर्ष सावित भयो । शुक्रबार विज्ञप्ति जारी गर्दै उनको सांगीतिक व्यवस्थापन कम्पनी ग्यारेज इन्टरटेनमेन्टले पछिल्लो वर्षका उपलब्धिबारे चर्चा गरेको छ ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार सुशान्त सन् २०२४ कै सर्वाधिक स्ट्रिमिङ हुने नेपाली संगीतकर्मीको रुपमा छन । विवरणमा भनिएको छ ‘सुशान्तले डिजिटल प्लाटफर्ममा रेकर्ड–ब्रेक सफलता हासिल गर्दै नेपाली संगीतको विश्वव्यापी धारणालाई पुनः परिभाषित गर्नुभएको छ।’

‘बार्दली’ सुशान्तको पछिल्लो गीत सन् २०२४ कै सांस्कृतिक परिघटना बनेको विज्ञप्तिमा जनाइएको छ । रिलिजको पहिलो महिनामै यो गीतलाई दुई करोड पटक हेरिएको उल्लेख छ । झण्डै १० लाख टिकटक भिडियो यो गीतबाट पनि बनेको जनाइएको छ । स्पोटीफाइमा सुशान्तलाई सन् २०२४ मा १७६ मुलुकबाट ४४ मिलियन पटक सुनिएको उल्लेख गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप