Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ युगको शुरुआत, प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई : प्रकाश सपुत

  •   १ वर्ष अघि | २८ भदौ २०८२, शनिबार

भदौ २८, काठमाडौँ । गायक तथा कलाकार प्रकाश सपुतले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई हार्दिक बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले हालको राजनीतिक परिवर्तन र 'जेनजी' पुस्ताले गरेको विद्रोहको प्रशंसा गर्दै यसलाई "नयाँ युगको शुरुआत" भनेका छन्।

सपुतले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

उनले लेखेका छन्, "सबैभन्दा सुन्दर कुरा भनेको ठूलो संघर्ष र बलिदानीपछि बनेको नयाँ संविधान जस्ताको तस्तै सुरक्षित रहनु हो।"

सपुतले परिवर्तन सम्भव बनाउने ‘जेनजी’ पुस्ताको परिपक्व सोच र निर्णय क्षमताको प्रशंसा गर्दै भनेका छन्, “यो पुस्ताले सोचिएभन्दा पनि बढी परिपक्वता देखायो। अघिल्ला पुस्ताको सम्मान गर्दै अघि बढ्न सक्नु अद्भुत कुरा हो। साँच्चै रमाइलो अनुभव भयो।”

  • न्युज बहार संवाददाता

थप