असोज १६, काठमाडौँ । कलाकारलाई कहिले सफलता मिल्छ त कहिले लगातारको असफलता । अभिनेत्री मिरुना मगरको पनि एक समय यस्तै थियो उनलाई फिल्मबाट लगातार असफलता हात परेको थियो । अहिले तिनै अभिनेत्री मगरले सफलतामा ह्याट्रिक मारेकी छन् । उनी अभिनित रहेको तीन फिल्म लगातार हिट भएको छ ।
तीन वटै हिट फिल्ममा संयोगको कुरो के छ भने उनको जोडी अभिनेता दयाहाङ राई रहेका छन् । उनको पछिल्लो समय ‘नाङ्गो गाउँ’ ‘जारी’ र ‘कबड्डी ४’ फिल्म हिट भएका छ ।
नेपाली रजतपटमा फिल्म ‘लालपूर्जा’बाट अभिनेत्रीको रुपमा देखिएकी मिरुनाको डेब्यु फिल्म भने बक्सअफिसमा नराम्रोसँग पछारिएको थियो । त्यसपछि चच हुँई, रोज, र साइनो फिल्ममा देखिएकी उनले यी सबै फिल्मबाट पनि सफलताको देख्न पाएकी थिइनन । उनको सहकार्य जब दयाहाङ राइसँग ‘कबड्डी ४’ मा भयो त्यसपछी उनले पछाडी फर्केर हेर्न परेको छैन ।
- न्युज बहार संवाददाता